दफा
समितिको बैठक
(१) समितिको बैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ।

(२) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(३) समितिको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एकाउन्न- प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

(४) समितिको अध्यक्षले बैठकको अध्यक्षता गर्नेछ।

(५) समितिको निर्णय बहुमतबाट हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।

(६) समितिको बैठकमा उपस्थित सदस्यको नाम, छलफल भएका विषय तथा बैठकमा भएका : निर्णय. निर्णय- पुस्तिकामा लेखी उपस्थित सदस्यको दस्तखत गराई राख्नु पर्नेछ।

(७) समितिको निर्णय समितिको अध्यक्ष र सदस्य- सचिवले प्रमाणित गर्नेछ।

(८) समितिले बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सक्नेछ।

(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।